×

घाउ नबनाइ खानाको नलीमा हुने रोगको सफलतापूर्वक शल्यक्रिया

खालीपाना न्युजडेस्क | ३ महिना अगाडि

पुस,७ काठमाडौँ।  काठमाडौंको ह्याम्स अस्पतालले घाउ नबनाइ इण्डोस्कोपीद्वारा गरिने प्रविधिबाट खानाको नलीमा हुने रोगको सफलतापूर्वक शल्यक्रिया गरेको जनाएको छ ।

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अस्पतालले नेपालमा पहिलो पटक उक्त प्रविधिबाट तीन जना बिरामीको घाउ नबनाइन खानाको नलीमा हुने रोगको सफलतापूर्वक शल्यक्रिया गरेको जनाएको हो । विश्वभरीमा करिव १ लाख मध्ये १ जनालाई ठोस तथा तरल पदार्थ निल्नै गाह््रो हुने समस्या देखिने गरेको अस्पतालले जनाएको छ । यसअघि उक्त रोगको उपचार शल्यक्रियाबाट मात्रै हुने गरेकोमा अव भने घाउ नबनाइन उपचार गर्न सम्भव भएको अस्पतालका मेडिकल निर्देशक डा सविन कोइरालाले जानकारी दिनुभयो ।

खानाको नलीमा हुने रोगका कारण तौल घट्‌ने, खोकी लागिरहने लगाएका बिभिन्न शारिरीक तथा मानसिक समस्या समेत हुने गरेको चिकित्सकहरुले जनाएका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *