×

बार एशोसिएशनको ६९ औँ स्थापना दिवस मनाइयो

खालीपाना न्युजडेस्क | १ महिना अगाडि

पुस,७ काठमाडौँ।  कानुन व्यवसायीहरूको छाता सङ्गठन नेपाल बार एशोसिएशनले ६९ औँ स्थापना दिवस मनाएको छ ।

दिवसका अवसरमा आइतबार बार परिसर रामशाहपथमा पहिलो बार कार्यसमितिमा रहेका कार्यसमिति सदस्यहरुको तस्वीरमा माल्र्यापण गरेर बार डे मनाइएको हो । बारका अध्यक्ष गोपालकृष्ण घिमिरेले बार दिवस-२०८१ बिभिन्न कार्यक्रमको आयोजना गरि देशैभरका कार्यालयहरुमा मनाइएको जानकारी दिनुभयो । बारले निरंकुश व्यवस्थासंग लडेको, अन्य थुप्रै न्यायीक सुधारहरुमा लडिरहेको उहाले बताउनुभयो ।

उहाले न्यायालयमा हुने गरेको बेतिथिका बिरुद्ध बारको लडाई निरन्तर रहेको धारणा राख्नुभयो । घिमिरेले न्यायाधीश नियुक्तीमा भएको ढिलाईमा बारको कुनै भूमिका नरहेको भन्दै छिटै बारकातर्फबाट नाम पठाइने जानकारी दिनुभयो ।

न्यायपरिषद्‌ले गर्नुपर्ने धेरै काम नगर्ने र त्यसको दोष बारतर्फ देखाउन प्रवृतिले बेला-बेलामा समस्या आउने गरेको उहाले बताउनुभयो ।

२०१३ साल पुस ७ गते स्थापना भएको बार एशोसिएशनले प्रत्येक वर्ष पुस ७ गते बार डे मनाउदै आएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *