×

  होमियोप्याथिक मेडिकल काउन्सिल बनाउन सहयोग गर्ने : मुख्यमन्त्री कार्की

खालीपाना न्युजडेस्क | ४ महिना अगाडि

पुस,७ काठमाडौँ।  कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले होमियोप्याथिक मेडिकल काउन्सिल बनाउने कार्य संघिय सरकारको कार्य क्षेत्रमा पर्ने भएकाले काउन्सिल बनाउन आफुले सहयोग गर्ने बताउनुभएको छ ।

विराटनगरमा आयोजना गरिएको दुई दिने नेपाल भारत- होमियोप्याथिक वैज्ञानिक स्वास्थ्य शिखर सम्मेलनको उद्घाटन गर्दै मुख्यमन्त्री कार्र्कीले होमियोप्याथिक चिकित्सा पद्धति प्रति जनताको विश्वास र भरोसा भएकै कारण प्रदेश सरकारले विभिन्न अस्पताल र स्वास्थ्य चौकीहरुमा होमियोपैथीका चिकित्सकहरुको दरबन्दी राखेको समेत बताउनुभयो । उहाले प्रदेश सरकारले होमियोप्याथिक चिकित्सालाई महत्वमा राखेर सहयोग गर्ने धारणा राख्नुभयो ।

नेपाल होमियोप्याथिक चिकित्सक संघले आयोजना गरेको सो दुई दिने सम्मेलनमा सहभागि चिकित्सकहरुले नेपालमा होमियोप्याथिक कलेजको आवश्यकता रहेकाले कोशी प्रदेश सरकारले पहल गर्नुपर्ने माग गरेका थिए । दुई दिने स्वास्थ्य शिखर सम्मेलनमा नेपाल र भारतका होमियोपैथी चिकित्सकहरुले होमियोप्याथिक क्षेत्रमा भएको विकास र सम्भावना, रोगको उपचार पद्धति, नयाँ नयाँ औषधी विकास लगायतका विषयमा छलफल गरिने बताइएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *