×

काठमाडौंको टुँडिखेलमा साकेला उधौली मनाइयो

खालीपाना न्युजडेस्क | १ महिना अगाडि

पुस,७ काठमाडौँ।  किरात समुदायले काठमाडौंको टुँडिखेलमा साकेला उधौली मनाएका छन् ।

किरात राई यायोक्खा काठमाडौंको आयोजनामा साकेला उधौली कार्यक्रमको आयोजना गरिएको हो । किरात समुदायमा बैशाख शुक्ल पूर्णिमाको दिन उभौली पर्व र मंसिर शुक्ल पूर्णिमाको दिन उधौली पर्व मनाउने गरिन्छ । मंसिर ३० गते मंसिर शुक्ल पूर्णिमाको दिन उधौली पर्व मनाइएपनि शनिबार भने साकेला उधौली उत्सवको आयोजना गरिएको हो ।

देशका विभिन्न जिल्लाबाट काठमाडौं आएर बसिरहेका किराती समूदायहरुले साकेला शिली नाच्दै शुभकामना आदान प्रदान गरेका थिए ।

साकेला पर्वमा परम्परागत वेशभूषामा सजिएर इष्टमित्र भेला भएर गोलो घेरामा ढोल र झ्याम्टा बजाउँदै साकेला नाच नाच्ने गरिन्छ ।

किरात समुदायले अन्नबाली भित्र्याएको खुसियाली र चिसो बढेसँगै लेकबाट बेसी झर्ने परम्पराको सांकेतिक पर्वका रूपमा उधौली पर्व मनाउने चलन छ ।

किराती समुदाय, विशेषगरी सुनुवार, राई, लिम्बू र याख्खाहरूले मंसिर पूर्णिमाको दिनदेखि उधौली पर्व मनाउँछन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *