×

जनताको आशा अनुसार वर्तमान सरकार चल्न सकेको छैन : महामन्त्री गगन थापा

खालीपाना न्युजडेस्क | १ महिना अगाडि

पुस,७ काठमाडौँ।  नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले जनताको आशा अनुसार वर्तमान सरकार चल्न नसकेको बताउनुभएको छ ।

शुक्रबार काठमाडौंमा कैलाश कोइरालाद्वारा लिखित शास्त्र उपन्यासको विमोचन समारोहपछि सञ्चारकर्मीसंग कुरा गर्दै थापाले सरकारको गठनको उदेश्य अनुसारको काम हुन नसकेको र जनताको आशा अनुसार सरकार चल्न नसकेको बताउनुभएको हो । थापाले सरकारको फेरबदल अहिले नहुने तर सरकारले अहिले गर्न नसकेका कामका बारेमा प्रधानमन्त्री सचेत रहनुपर्ने धारणा राख्नुभयो । रवि लामिछानेको बिषय अदालतमा प्रवेश गरिसकेकाले यस बिषयमा आफुले कुनै टिका टिप्पणी नगर्ने उहाको भनाइ छ ।

त्यसअघि उपन्यास विमोचन कार्यक्रममा थापाले कांग्रेस पार्टीका नेताहरुको चिन्ता केवल २०८२ सालमा हुने महाधिवेशन र २०८४ मा हुने निर्वाचनमा मात्रै केन्द्रीत भएको टिप्पणी गर्नुभयो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *