×

आयोजना छनोट र विधि परिवर्तन गर्न आवश्यक छ : मन्त्री देवेन्द्र दाहाल

खालीपाना न्युजडेस्क | ४ महिना अगाडि

पुस,५ काठमाडौँ।  भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले आयोजना छनोट र विधि परिवर्तन गर्न आवश्यक रहेको बताउनु भएको छ ।

शुक्रबार नेपाल पूर्वाधार पत्रकार समाजद्वारा आयोजित कार्यक्रममा बोल्दै मन्त्री दाहालले हालसम्म माथिल्लो तहबाटै योजना छनोट गर्ने गरिएकोमा अब तल्लो तहबाटै योजना छनोट गर्नुपर्नेमा जोड दिनुभयो । माथिल्लो तहबाट आयोजना छनोट गर्दा समस्या आउने गरेको बताउनुभयो । मन्त्री दाहालले सरकारले पूर्वाधार निर्माणका आयोजनालाई प्राथमिकताका आधारमा छनोट गरी निर्माण कार्य अगाडि बढाउँदा मात्रै निर्माण क्षेत्रका समस्यामा कमी आउने धारणा राख्नुभयो । उहाँले निर्माण ब्यबसायीहरुले आयोजना ओगटेर लथालिङ पारेर छोडने परिपाटी रहेको बताउनुभयो । मन्त्री दाहालले निर्माण व्यवसायीहरुको भुक्तानी समयमै नहुदा धरै ठाउमा प्रभाव परेको स्विकार गर्दे अब केहि दिनमा नै बक्यौता रकम भुक्तानी गरिदिने आश्वासन दिनुभयो ।

त्यस्तै विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतको क्षेत्रमा अर्बो खर्च हुने भएका कारण विदेशी लगनी मात्र नभएर स्वदेशी लगानी पनि जरुरी रहेको बताउनुभयो । कार्यकारी निर्देशक प्राविधिक समस्याका कारण उधोगहरुमा विद्युत कटौती गर्नपरेको स्पष्ट पार्नुभयो । घिसिङले लोडसेडिङ हुँदा रमाउने जमात बढ्दै गएको भन्दै प्राधिकरण नाफामा जाँदाभन्दा घाटामा जाँदा खुसी हुनेहरूको संख्या बढ्दै गएको टिप्पणी समेत गर्नुभयो ।

कार्यक्रमा निर्माण ब्यबसायी महासंघका अध्यक्ष रवि सिंहले सरकारी निकायहरु वीच नै समन्वय नहुँदा निर्माण व्यवसायीहरु पिल्सिएको बताउनुभयो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *