×

रैथाने बाली बिकासमा मन्त्रालय लागि परेको छ : मन्त्री अधिकारी

खालीपाना न्युजडेस्क | ४ महिना अगाडि

पुस,५  काठमाडौँ।  कृषि तथा पशुपंक्षी बिकास मन्त्री रामनाथ अधिकारीले रैथाने बाली बिकासका लागि मन्त्रालय  लागि परेको बताउनुभएको छ ।

शुक्रबार अनाज सस्थाले आयोजना गरेको कोदो समाचार लेखन तथा सर्वोत्कृष्ट पुरार तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले समय परिवर्तन संगै रैथानेबाली मानिसहरुको प्राथमिकतामा पर्दे गएको बताउनुभयो । मन्त्री अधिकारीले रैथाने खना पछिल्लो पुस्ताले भुल्दै गएको भएपनि स्वास्थ्यलाई मध्यनजर गर्दे रैथाने बालीप्रति मानिसहरुको रुचि बढ्दै गएको उल्लेख गर्नुभयो ।मन्त्री अधिकारीले रैथानेबाली बढाउनका लागि मन्त्रालय सधै सचेत रहेको धारणा राख्नु भयो ।

रामनाथ अधिकारी,मन्त्री, कृषि तथा पशुपंक्षी बिकास कार्यक्रममा कोदो समाचार लेखनमा उत्कृष्ट ६ जना पत्रकारहरुलाई कोदो समाचार लेखन तथा सर्वोत्कृष्ट पुरारबाट सम्मान गरिएको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *