पुस,५ काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले मुलुकको दिगो बिकासका लागि स्वदेशी प्रविधिको आधुनिकिकरण आवश्यक रहेको बताउनुभएको छ ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठान(नाष्ट)को ४२ औं वार्षिकोत्सवका अवसरमा बिहीबार ललितपुरमा आयोजित कार्यक्रममा मन्त्री भट्टराईले वैज्ञानिकहरुको विश्वव्यापी ज्ञान नेटवर्कमा पहुँच बढाउदै दिगो बिकासका लागि स्वदेशी प्रविधिको आधुनिकिकरणमा जोड दिनुपर्ने बताउनुभएको हो ।
बिज्ञान, शिक्षा विद्यालयस्तरबाटै सुरु गरिएको भन्दै उद्यमशीलतामा केन्द्रीत हुनुपर्ने उहाले बताउनुभयो । उहाले विद्यालयसंग सहकार्य गरेर युवाहरुको आबिष्कारमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठानले ध्यान दिनुपर्ने धारणा राख्नुभयो ।
नवप्रवर्तन प्रणालीहरुलाई एकीकृत गर्नका लागि अन्वेषण गर्ने सवाल नाष्टका लागि महत्वपूणर् भएको उहाको भनाइ छ ।
उहाले राष्ट्रिय चूनौतिहरुलाई सम्बोधन गर्दै सवै नागरिकहरुको जीवनस्तरमा सुधार गर्न प्रविधिहरुको प्रयोग गर्नेबारे बिस्तृत छलफल गर्दै अघि बढ्नुपर्ने उल्लेख गर्नुभयो ।
वार्षिकोत्सवका अवसरमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठानले बिभिन्न व्यक्तिहरुलाई पुरस्कार प्रदान गरेको थियो । नाष्टको पुरस्कार र प्रोत्साहनले प्रतिभाशाली अनुसन्धानकर्ता र आविष्कारकहरुलाई थप हौसला प्राप्त हुने मन्त्री भट्टराईले बताउनुभयो ।