×

सांसदहरुको अवकाशमा जान लागेका कर्मचारीको बढुवा रोक्नुपर्ने सुझाव

खालीपाना न्युजडेस्क | १ महिना अगाडि

पुस,४ काठमाडौँ। सांसदहरुले अवकाशमा जान लागेका कर्मचारीहरुलाई माथिल्लो तहमा बढुवा गर्ने काम रोक्नुपर्ने सुझाव दिएका छन् ।

सिंहदरबारमा बिहीबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा सङ्‍घीय निजामती सेवाको गठन, सञ्‍चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक उपर संशोधनकर्ताहरुसंगको छलफलका क्रममा उनीहरुले केहि दिनमा नै अनिवार्य अवकाशमा जान लागेका कर्मचारीलाई माथिल्लो तहमा बढुवा गर्दा थप पेन्सनको भार थपिने भएकाले यस्ता काम रोक्नुपर्ने सुझाव दिएका हुन् ।

माथिल्लो तहमा कर्मचारीको बढुवा गर्दा खुला प्रतिस्पर्धाको प्रतिशत बढाउनुपर्ने समेत सांसदहरुको सुझाव छ । बैठकमा सांसद अमरेश कुमार सिंहले निजामती सेवाबाट अवकास प्राप्त भइसकेपछि बिदेशको पिआर लिने र बर्षमा एक पटक आएर पेन्सन थाप्ने कामको अन्त्य हुनुपर्ने सुझाव दिनुभयो ।

अवकासप्राप्तपछि बिदेशको पिआर लिएर बस्नेलाई पेन्सन रोक्नुपर्ने उहाले बताउनुभयो । त्यस्तै उहाले सम्मानको नाममा अवकाशमा जान लागेका कर्मचारीहरुलाई माथिल्लो तहमा बढुवा गर्ने प्रचलन समेत रोक्नुपर्ने उल्लेख गर्नुभयो ।

त्यस्तै अन्य सांसदहरुले काजको व्यवस्था हटाएर तोकिएको निकायले खटाएको ठाँउमा जानै पर्ने अनिवार्य व्यवस्था गर्नुपर्ने सुझाव पनि दिएका छन् । संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि सय भन्दा बढि सांसदहरुले संशोधन प्रस्ताव दर्ता गराएका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *