पुस,४ काठमाडौँ। कर्णाली याक्सलाई हराउँदै जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग(एनपिएल)को फाइनलमा पुगेको छ ।
बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको दोस्रो क्वालिफायर खेलमा कणर्ालीलाई दुई विकेटले पराजित गर्दै जनकपुर उपाधि नजिक पुगेको हो ।
कणर्ालीले दिएको १ सय १९ रनको लक्ष्य जनकपुरले १९ ओभरमा ८ विकेट गुमाएर पूरा गर्यो । जनकपुरको जितमा जेम्स निशमले सर्वाधिक ४५ रन जोडे ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको कणर्ालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय १८ रनको सामान्य योगफल तयार गरेको थियो ।
फाइनलमा शनिबार जनकपुरले सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ । एनपिएलको विजेताले १ करोड १० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने क्यानले जनाएको छ ।