×

पुस ८ गतेदेखि ब्याडमिन्टन प्रतियोगिता सुरु हुने

खालीपाना न्युजडेस्क | ४ महिना अगाडि

पुस,४ काठमाडौँ।  नेपाल ब्याडमिन्टन संघको आयोजनामा योनेक्स सनराइज नेपाल इन्टरनेशनल च्यालेन्ज-२०२४ प्रतियोगिता हुने भएको छ ।

ब्याडमिन्टन संघले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै योनेक्स सनराइज नेपाल इन्टरनेशनल च्यालेन्ज-२०२४ पुस ८ गतेदेखि ११ गतेसम्म सञ्चालन हुने जानकारी दिएको हो । यस्तै पुस १२ गतेदेखि पुस १४ गतेसम्म योनेक्स सनराइज नेपाल जुनियर इन्टरनेशनल सिरिज-२०२४ पनि सञ्चालन हुने संघले जनाएको छ । विश्व ब्याडमिन्टन महासंघ ब्याडमिन्टन एशियाको स्वीकृति तथा नेपाल ब्याडमिन्टन संघको आयोजनामा हुने प्रतियोगिता काठमाडौँस्थित त्रिपुरेश्वर कभर्डहलमा सञ्चालन गरिने बताइएको छ । प्रतियोगिताका लागि छनौट भएका आठ/आठ खेलाडीहरुले सहभागीता जनाउने संघका अध्यक्ष रामबहादुर श्रेष्ठले जानकारी दिनुभयो । सिनियरमा मेन्समा ९ पुरुष र ७ महिला तथा जुनियरमा ८/८ जना महिला पुरुषको सहभागिता रहने उहाँले बताउनुभयो ।

प्रतियोगितामा नेपालसहित भारत, अमेरिका, थाइल्याण्ड, सिंगापुर, बंगलादेश, भियतनाम, क्यानडा, मलेशिया लगायतका २२ वटा देशहरुको सहभागिता रहने छ । प्रतियोगिता ५ विधामा खेलाइनेछ । जसमा मेन्स सिंगल,वुमन्स सिंगल मेन्स डबल,वुमन्स डबल तथा मिक्स डबलमा आयोजना हुने संघले जनाएको छ ।

 

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *