×

तीनै तहको सरकार दिगो विकासका लक्ष्यमा अघि बढिरहेको छ : सभामुख घिमिरे

खालीपाना न्युजडेस्क | ४ महिना अगाडि

पुस,४ काठमाडौँ।  सभामुख देवराज घिमिरेले मुलुकमा संघियता कार्यान्वयनमा आएसँगै तीनै तहको सरकार दिगो विकासका लक्ष्य हासिल गर्न अगाडि बढिरहेको बताउनुभएको छ ।

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान र गभरनेन्स ल्याबको संयुक्त आयोजनामा ‘प्रादेशिक एंव स्थानिय शासन सबलीकरण तथा समावेशी आर्थिक विकास विषयक’ समारोहको उद्धघाटन गर्दै सभामुख घिमिरेले दिगो विकास साझा उद्धेश्यका प्राप्ति तीनै तहको सरकार सबै क्षेत्र,लिंग,भाषा धर्म,संस्कृति अल्पसंख्यक समुदाय समेटर अगाडि बढिरहेको बताउनुभएको हो।सभामुख घिमिरले संघीयता कार्यान्वयनका क्रममा देखिएको केही मत भिन्नतालाई आगामी दिनमा संरचनागत,प्रक्रियागत र नितिगत व्यवस्थामा सुधार गर्ने बताउनुभयो।संघीयता घोषणा भएको १० वर्ष पुग्नै लाग्दा आयोजना भएका यस्ता सम्मेलनले नेपालको संघीयता कार्यान्वयनमा सुधार गरी अग्रगामी रणनितिहरु तय गर्न थप सहयोग पुग्ने सभामुख घिमिरले विश्वास व्यक्त गर्नुभयो ।संविधानलाइ जीवन्त र समय सापेक्ष बनाइराख्न कानुनी प्रावधानबारे छलफल गर्न आवश्यक रहेकोमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा सर्वोच्च अदालतकी न्यायधीश सपना मल्ल प्रधानले संघियता लागु भएसँगै न्यायपालिको न्यायिक शक्ति पनि राज्यका तीनै तहमा बाँडफाँट भएको बताउनुभयो।संघियताले समावेशितालाई राज्यका स्रोत साधन र पँहुचलाई तीन तहको सरकार पुन वितरणको प्रक्रियामा लान सहयोग पुगेको उहाँले धारणा व्यक्त गर्नुभयो ।

उहाँले संघियतामा समावेशिताको सकारात्मक पाटोले अहम भुमिका खेलेको भन्दै राज्यका तीनै संरचना एकताबद्ध हुनुपर्ने बताउनुभयो।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *