×

रवि हिरासतमा सुतिरहेको भाइरल तस्बिर रास्वपा समर्थक भुसालले खिचेको खुलासा

खालीपाना न्युजडेस्क | ४ महिना अगाडि

पुस,४ काठमाडौँ। जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतभित्र सुतिरहेको व्यक्तिको तस्बिर रास्वपा सभापति रवि लामिछाने भएको भन्दै सामाजिक सञ्जालमा भाइरल छ। कतिपयले भने यो ‘फेक’ हो भनेर कमेन्ट गरेको पनि देखिन्छ ।

रास्वपाका नेता दीपक बोहराले पनि उक्त तस्बिर फेसबुकमा राखेका छन्।

यो फोटो रास्वपा सभापति लामिछानेको हो कि होइन प्रहरीले पुष्टि गरिसकेको छैन। तर जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक बसन्त शर्माले यसबारे प्रहरीले अनुसन्धान गरिराखेको बताएका छन।

उक्त फोटोको वास्तविकता र खिच्ने तथा पोस्ट गर्ने व्यक्ति पहिचान गरेपछि प्रचलित कानुनअनुसार कारबाही अघि बढाउने बताएका छन।

तर डा. निकोलस भुसालले भने उक्त तस्बिर रवि लामिछानेकै भएको र आफूले खिचेको दाबी गरेका छन्।

रवि लामिछानेको अवस्था कस्तो छ सन्चो बिसन्चो भनेर निकोलस स्वास्थ्य जाँच गर्न गएको एक भिडिओमा दाबी गरेका छन्, ‘रवि लामिछानेको अवस्था राम्रै छ भनि देखाउन र कुनै गलत नियत नभएको बताएका छन।

आफूले पुस ६ गते आन्दोलन गरौं भन्दै दुई दिनअघि नै उक्त फोटो फेसबुकमा राखेको र पछि हटाएको दाबी गरेका छन्।

‘दुई दिनअघि फोटो राख्दै पुस ६ गते आन्दोलन गरौं भनेको थिएँ। तर भ्रम छरिएकोले त्यो फोटो हटाएको थिएँ। त्यो फोटो प्रहरीले ल्याएको होइन मैले फोटो बाहिर ल्याएको हो, प्रहरी र नेपाल सरकारसँग माफी चाहन्छु,’ उनले भनेका छन्।

भाइरल गराउन भनेर वा कसैलाई दोष लगाउन फोटो ल्याएको होइन। वास्तविक अवस्था देखाउन खोजेको हो,’ उनले भनेका छन्।

साथै उनले बिहीबार फेसबुकमा स्टाटस पोस्ट गर्दै हिरासतमा रहेका भनिएका व्यक्तिको फोटो आफूले खिचेको र गल्ती भएको बताएका छन्।

रास्वपा सभापति लामिछाने सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा गत कात्तिक २ गते केन्द्रीय कार्यालय बाट पक्राउ परेका थिए। लामिछानेलाई सोही दिन कास्की लगिएको थियो।

लामिछानेलाई हिरासतमा राख्न प्रहरीले पछिल्लो पटक कास्की जिल्ला अदालतबाट चार दिनको म्याद लिएको थियो। लामिछानेविरूद्ध शुक्रबारभित्रै कास्की अदालतमा मुद्दा पेस गरिसक्नु पर्ने छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *