×

जनकपुर बोल्ट्सलाई ८ विकेटले पराजित गर्दै सुदूरपश्चिम फाइनल प्रवेश

खालीपाना न्युजडेस्क | १ महिना अगाडि

पुस,३ काठमाडौँ।  सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग(एनपिएल) को फाइनल प्रवेश गरेको छ।

बुधवार भएको पहिलो क्वालिफायर खेलमा जनकपुर बोल्ट्सलाई ८ विकेटले पराजित गर्दै सुदूरपश्चिम एनपिएलको फाइनल प्रवेश गरेको हो । जनकपुरले दिएको १ सय ४० रनको लक्ष्य सुदूरपश्चिमले १८ दशमलव ३ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । सुदूरपश्चिमको जितमा विनोद भण्डारीले सर्वाधिक ५८ रन जोडे । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३९ रनको योगफल तयार गरेको थियो । पराजित टोली जनकपुरले फाइनल प्रवेशका लागि बिहीबार दोस्रो क्वालिफायरमा इलिमिनेटरको विजेता कणर्ाली याक्ससंग खेल्ने छ ।

कणर्ाली याक्सले बुधबार नै इलिमिनेटरमा चितवन राइनोजलाई २१ रनले हराउँदै दोस्रो क्वालिफायरमा स्थान बनाएको हो । १ सय ७६ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ५४ रन मात्र जोड्न सक्यो । चितवनका लागि रवि बोपाराले सर्वाधिक ५३ रन बनाए । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको कणर्ालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७५ रनको योगफल तयार गरेको थियो । कणर्ालीका लागि कोल्सावालाले सर्वाधिक ५३ रन जोडे ।

दोस्रो क्वालिफायरको विजेता र सुदूरपश्चिमबीच शनिबार उपाधीका लागि प्रतिष्पर्धा हुने क्यानले जनाएको छ । एनपिएलको विजेताले १ करोड १० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ भने दोस्रो हुने टोलीले ५१ लाख, तेस्रो टोलीले २५ लाख र चौथो १५ लाख प्राप्त गर्ने क्यानले जनाएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *