×

कसैले चाहेर वर्तमान सरकार ढल्दैन : प्रधानमन्त्री ओली

खालीपाना न्युजडेस्क | १ वर्ष अगाडि

पुस,३ काठमाडौँ।  प्रधानमन्त्री केपी शर्मा ओलीले कसैले चाहेर वर्तमान सरकार नढल्ने स्पष्ट पार्नुभएको छ ।

नेपाल उत्पीडित जातीय मुक्ति समाजको ३७ औँ स्थापना दिवसका बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले मुलुकमा अस्थीरता चाहनेले सरकार ढल्ने कल्पना गरेको भन्दै कसैले चाहेर वर्तमान सरकार नढल्ने स्पष्ट पार्नुभएको हो । राजनीतिक अन्योल, अस्थिरता र भ्रष्टाचारले सीमा नाघेपछि दुई ठुला दलको सहकार्यमा नयाँ सरकार बनाउनु परेको भन्दै प्रधानमन्त्री ओलीले अहिलेको समिकरण ८४ सम्मै अघि बढ्ने धारणा राख्नुभयो । प्रधानमन्त्री ओलीले अघिल्लो सरकारले गरेका कामप्रति जनता निराश भएपछि ठूला दल एकै ठाँउ उभिएको बताउनुभयो । अहिलेको सरकारले सुशासन र विकास फेरि फर्काएर मुलुकलाई गन्तव्यमा लाग्ने उहाको भनाइ छ । उहाले राजाका पालामा अनेक मुद्धा मामिला लगाएर जनतालाई फसाउने, जातीय विद्व्ेष फैलाउने काम भएको भन्दै जातीय छूवाछुतलाई निर्मुल पार्न विद्यमान कानुनमा आवश्यक संशोधनका लागि पनि लाग्ने प्रतिवद्धता जनाउनुभयो ।

त्यस्तै काँग्रेसका सभापति शेरबहादुर देउवाले जातीय समानताको स्थापनाका लागि संविधान र कानुनको पालनाका साथै सामाजिक सुधारका लागि पनि लाग्नुपर्ने धारणा राख्नुभयो । उहाले जनताको समान अधिकारले मात्रै मुलुकको बिकास सम्भव हुने बताउनुभयो ।

देउवाले नेपालको संविधान र कानूनमा समानताको बिषय समावेश भएपनि यसलाई वास्तविक रुपमा नै व्यवहारमा लागू गर्नुपर्नेमा जोड दिनुभयो । दलीत समूदायलाई राज्यका हरेक निकायमा प्रतिनिधित्व गराउनु अहिले पनि चूनौति रहेकाले राज्यले आवश्यक पहलकदमी लिन ढिलासुस्ती गर्न नहुने उहाको भनाइ छ ।

Facebook Comments Box
0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x