×

अङ्ग्रेजी नयाँ वर्षको अवसरमा २६ औँ सडक महोत्सव पोखरामा हुने

खालीपाना न्युजडेस्क | ४ महिना अगाडि

पुस,३ काठमाडौँ। अङ्ग्रेजी नयाँ वर्षको अवसरमा २६ औँ पोखरा सडक महोत्सव हुने भएको छ ।

आयोजक रेष्टुरेन्ट एण्ड बार एशोसिएशन (रेबान) पोखराले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सडकमै खाऔँ, सडकमै रमाऔँ भन्ने नाराका साथ पुस १३ देखि १७ गतेसम्म सडक महोत्सव आयोजना गर्न लागेको जनाएको हो ।

महोत्सवका संयोजक विकास भट्टराईले महोत्सवमा बिभिन्न जातजातिका लोपोन्मुख सांस्कृतिक कार्यक्रम, मौलिक वेषभूषा प्रदर्शन, झाँकी प्रदर्शन प्रतियोगिता, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन, लाइभ कन्सर्ट, खेलकुदतर्फ बोट रेस, वेटर रेस, टग अफ वार लगाएका कार्यक्रम हुने बताउनुभयो ।

पोखराको लेकसाइडको तीन किलोमिटर क्षेत्रमा महोत्सव हुने उहाले बताउनुभयो ।

स्थानीय पर्यटनमा नेपाली उत्पादनलाई प्रोत्साहन र विश्वबजारमा पुर्‍याउन यसअघिका महोत्सवले मद्दत गरेको र पर्यटन प्रवर्द्धनमा महत्वपूणर् योगदान पुगेको रेबान पोखराले जनाएको छ । नेपालमा आउने विदेशी पर्यकमध्ये ४० प्रतिशत पोखरा पुग्ने गरेको बताइन्छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *