×

देशलाई भ्रष्टाचार मुक्त बनाउदै सुशासन कायम गर्ने : प्रधानमन्त्री ओली

खालीपाना न्युजडेस्क | १२ महिना अगाडि

पुस,२ काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई भ्रष्टाचार मुक्त बनाउदै सुशासन कायम गर्ने बताउनुभएको छ ।

ललितपुर महानगरपालिकाको १०६ औँ स्थापना दिवसमा अवसरमा मंगलबार ललितपुरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भ्रष्टाचारकै कारण आर्थिक हिसाबले समेत देशको अवस्था नाजुक बनाइएको भन्दै देशलाई भ्रष्टाचार मुक्त बनाउदै सुशासन कायम गर्ने बताउनुभएको हो । उहाले भ्रष्टाचार गर्नेको मुख हेरेर नभइ अपराध हेरेर कारवाही गर्ने स्पष्ट पार्नुभयो । प्रधानमन्त्री ओलीले व्यवस्था परिवर्तनपछि पूर्वाधारका क्षेत्रमा विकास भएको र सरकार अभिभावक बनेर प्रस्तुत भएको जनाउँदै नसक्नेका र गरिब जनताका लागि अभिभावक बनेर वर्तमान सरकार प्रस्तुत भएको बताउनुभयो । व्यवस्था बदलिएपनि अवस्था बदलिएन भन्ने भ्रम फैलाइएका प्रति सचेत हुन आग्रह गर्दै प्रधानमन्त्री ओलीले मुलुकका व्यवस्था परिवर्तनपछि पूर्वाधार विकास र रोजगारीवृद्धिका साथै थुप्रै ठुला उद्योगहरु सञ्चालनमा आएका बताउनुभयो । उहाँले मानिसका छोराछोरीलाई सडकमा अलपत्र पार्न नदिने र विसं. २०८२ भित्र सडक मानवमुक्त नेपाल बनाउन काम भइरहेको जनाउनुभयो ।

आफू पहिला प्रधानमन्त्री हुँदा नौ लाख मानिसलाई निरपेक्ष गरिबीको रेखाबाट तल झारिएको सन्दर्भ पनि प्रधानमन्त्री ओलीले बताउनुभयो ।

कार्यक्रममा विभिन्न क्षेत्रमा योगदानकर्तालाई महानगर गौरव सम्मानबाट पुरस्कृत गरिएको थियो भने महानगरपालिकाको एकद्वार प्राणली, विद्युतीय नक्सापास प्रणाली र फोहोर सङ्कलनका लागि मोबाएल एप्सको शुभारम्भ समेत गर्नुभयो ।

Facebook Comments Box
0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x