×

सीमा क्षेत्रमा हुने तस्करी नियन्त्रण गर्न सुरक्षा निकायलाई गृहमन्त्री लेखकको कडा निर्देशन

खालीपाना न्युजडेस्क | ३ महिना अगाडि

पुस,२ काठमाडौँ। गृहमन्त्री रमेश लेखकले सीमा क्षेत्रमा हुने तस्करी नियन्त्रण गर्न सुरक्षा निकायलाई कडा निर्देशन दिनुभएको छ ।

मंगलबार भैरहवामा आयोजित लुम्बिनी प्रदेश स्तरीय सुरक्षा गोष्ठीमा बोल्दै गृहमन्त्री लेखकले अर्को पटक सीमा क्षेत्रमा तस्करी र राजस्व चुहावटमा भएका कमजोरी सुन्न नपर्ने गरि काम गर्न सुरक्षा निकायलाई कडा निर्देशन दिनुभएको हो ।

लुम्बिनी प्रदेशमा राजश्व चुहावट धेरै नै हुने गरेको गुनासो आएकाले त्यसमा बिशेष ध्यान दिन समेत उहाले निर्देश गर्नुभयो । ।

संघीय लोकतन्त्रिक व्यवस्थाले शान्ति सुरक्षा , सुशासन र विकासको ग्यारेन्टी गरेको उहाले बताउनुभयो । उहाले राज्यले शान्ति सुरक्षा दिन सकेमात्रै नागरिकले निर्वाध रुपमा आफ्ना मौलिक हकको उपयोग गर्न सक्ने धारणा राख्नुभयो ।

उहाले संविधानलाई असफल हुन दिने छुट नभएको भन्दै संविधानको सुरक्षा, संविधानले प्रदान गरेको नागरिकका हकअधिकार र संविधानको कार्यान्वयन सवैको जिम्मेवारी भएको बताउनुभयो । लेखकले अहिले सरकार ढल्ने कुनै सम्भावना नरहेको उल्लेख गर्दै अहिलेको समिकरण ८४ सालसम्मै जाने जिकिर गर्नुभयो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *