×

रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अनुमति

खालीपाना न्युजडेस्क | ४ महिना अगाडि

पुस,२ काठमाडौँ। सहकारी ठगी आरोपमा पक्राउ परेका पूर्व गृहमन्त्री रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न कास्की जिल्ला अदालतले अनुमति दिएको छ । सुर्यदर्शन सहकारी ठगी प्रकरणमा मंगलबार कास्की अदालतले ४ दिन थप हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।

मगलबार लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न प्रहरीले अनुमति मागेको थियो ।

पुस ५ मा सरकारी वकिल कार्यालयले उनीविरुद्ध अदालतमा अभियोजन गर्दै छ । अभियोजन गर्नुअघि गैरकानुनी थुनामा राख्न नमिल्ने हुनाले उनलाई हिरासतमा राख्न प्रहरीले अदालतको अनुमति लिएको हो । सोमबार प्रहरीले उनीविरुद्धको अनुसन्धान प्रतिवेदन बुझाएको थियो ।

गत कार्तिक २ मा रवी लामिछाने वनस्थलीबाट पक्राउ परेका थिए । सहकारीको रकम अपचलन संलग्न आरोपमा पूर्व डीआईजी छविलाल जोशी र लामिछाने सहित ५ जना थुनामा छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *