पुस,२काठमाडौँ। नेकपा एकीकृत समाजवादीको तत्काल पार्टी एकताको कुनै सम्भावना नभएको निष्कर्ष निकालको छ ।
पार्टी कार्यालय आलोकनगरमा सोमबार बसेको नेकपा एकीकृत समाजवादीको स्थायी कमिटिको बैठकपछि पार्टी नेता जगन्नाथ खतिवडाले देशका अन्य कुनै पनि कम्युनिष्ट पार्टीसंग एकताको कुनै सम्भावना नभएको निष्कर्ष निकालेको जानकारी दिनुभयो । उहाले राष्ट्रिय एजेण्डमा सहकार्य गर्न तयार रहेको बताउनुभयो । केन्द्रीय सदस्यहरुको कार्य बिभाजन र आगामी कार्ययोजनालाई पारित गर्दै स्थायी कमिटिको बैठक मंगलबार सम्पन्न हुने उहाले बताउनुभयो । खतिवडाले जनताको घर-घरबाटै जनसंघषकै माध्यमबाट पार्टी निर्माण गर्न सकिने भएकाले जनताको घर-घरमा जाने सहितको निणर्य हुने जानकारी दिनुभयो ।
त्यस्तै उहाले आगामी निर्वाचनहरुमा समाजवादीलाई शसक्त प्रतिष्पर्धीको रुपमा उभ्याउने भन्ने बिषयमा छलफल केन्द्रीत रहेको र यसबारेको ठोस निणर्य पनि मंगलबार नै गर्ने उल्लेख गर्नुभयो ।