×

सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा देवराज ढुङ्गाना नियुक्त

खालीपाना न्युजडेस्क | ४ महिना अगाडि

पुस,२काठमाडौँ। सरकारले सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदमा देवराज ढुङ्गानालाई नियुक्त गरेको छ ।

सोमबार सिंहदरबारमा मंसिर २८ गते बसेको मन्त्रिपरिषद्का निणर्य सार्वजनिक गर्दै सरकारका प्रवक्ता गुरुङले केन्द्रको कार्यकारी निर्देशक पदमा मोरङका देवराज ढुङ्गानालाई नियुक्त गरेको जानकारी दिनुभयो । केन्द्रलाई व्यवस्थीत रुपमा परिचालन गर्नका लागि ध्यान केन्द्रीत गर्ने र अन्तशुल्क, स्मार्टकार्ड, लालपूर्जा, राहदानी हुँदै नोट समेत छाप्नका लागि काम अघि बढाउने उहाले बताउनुभयो ।

त्यस्तै बैठकले एसियाली बिकास बैंकबाट हरित, उत्थानशील र समावेशी बिकास कार्यक्रमका लागि एक सय मिलियन अमेरिकी डलर ऋण सहायता स्वीकार गर्ने निणर्य गरेको छ भने नागढुंगा सुरुङ्मार्ग आयोजना अन्तर्गत क्षतिपूर्ति तथा समस्या समाधानको लागि सैद्धान्तीक सहमति दिने निणर्य भएको उहाले बताउनुभयो ।

बैठकले नेपाल सरकार र भारत सरकारबीच हस्ताक्षर हुने खानेपानी, सरसफाइ सम्बन्धी क्षेत्रको बिकास सम्बन्धी समझदारीपत्र स्वीकृत गरेको छ भने राष्ट्रिय शहरी नीति स्वीकृत गर्ने निणर्य गरेको प्रवक्ता गुरुङले बताउनुभयो ।

त्यस्तै मन्त्रिपरिषदले अन्तराष्ट्रियस्तरको फुटबल, कराँते र बिच भलिबल प्रतियोगीतामा बिजयी तथा पदक प्राप्त गर्ने खेलाडी, प्रशिक्षक, व्यवस्थापक र फिजियो गरि ३५ जनालाई पुरस्कार तथा सम्मान गर्नका लागि खेलकुद मन्त्रालयलाई स्वीकृति दिने निणर्य गरेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *