पुस,१काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले काठमाडौँ महानगरपालिकाका पूर्व मेयर पिएल सिंहप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।
सभापति देउवाले पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिएको सिंहको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली र सम्मान अर्पण गर्नुभएको हो ।
यसैगरी पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल, कांग्रेसका नेता तथा कार्यकर्ता लगाएतले पनि सिंहप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए । श्रद्धाञ्जली अर्पणपछि कांग्रेस सभापति देउवाले पिएल सिंहले नेपालको प्रजातान्त्रीक आन्दोलनमा ठूलो योगदान गर्नुभएको स्मरण गर्नुभयो ।
त्यस्तै पूर्वप्रधानमन्त्री माधव नेपालले लोकतान्त्रीक आन्दोलनमा सक्रिय भएर लागेको सिंहले मुलुकको परिवर्तनमा निकै महत्वपूणर् योगदान दिनुभएको बताउनुभयो ।
उहाँको ८७ वर्षको उमेरमा उपचारका क्रममा सोमबार निधन भएको हो ।