×

ललितपुरको बिभिन्न स्थानमा इन्टेलिजेन्स ट्राफिक लाइट जडान

खालीपाना न्युजडेस्क | ४ महिना अगाडि

पौष १, ललितपुर। ललितपुर महानगरपालिकाले नगरका बिभिन्न स्थानमा इन्टेलिजेन्स ट्राफिक लाइट जडान गरेको छ ।
१०६ औं स्थापना दिवसको अवसरमा सोमबार ललितपुरमा आयोजित एक कार्यक्रमका बीच महानगर प्रमुख चिरिबाबू महार्जनले इन्टेलिजेन्स ट्राफिक लाइटको उद्घाटन गनुभएको हो ।

महानगरमा जडान गरिएको इन्टेलिजेन्स ट्राफिक लाइट नेपालकै पहिलो भएको ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले जानकारी दिनुभयो । भारतका बिभिन्न शहरमा यस प्रविधिको प्रयोग भएता पनि नेपालमा पहिलो चोटी भित्र्याएको उहाको भनाइ छ। आर्थिक हिसावमा पनि महँगो भएको हुनाले सबै स्थानमा एकै चोटी जडान गर्न महँगो पर्न आउने पनि उहाको भनाइ छ। अहिले पहिलो चरणमा चार करोड लगानीमा जडान गरिएको उक्त ट्राफिक लाइट प्रभावकारी भए अन्य ठाउमा समेत जडान गर्ने योजना रहेको छ।

नयाँ प्रविधिको लाइटले बढि जाम हुने स्थानमा स्वचालित रुपमा नै समय निर्धारण गरेर जाम खुलाउने उहाले बताउनुभयो । महानगरले पहिलो चरणमा पुल्चोक,जावलाखेल र कान देवतास्थानमा इन्टेलिजेन्स ट्राफिक लाइट जडान गरेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *