×

राज्यको अनुसन्धानलाई प्रभावित गर्ने काम उचित होइन : सञ्चारमन्त्री गुरुङ

खालीपाना न्युजडेस्क | १ महिना अगाडि

पुस,१ काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राज्यले गरेको अनुसन्धानलाइ प्रभावित गर्ने काम उचित नभएको बताउनुभएको छ ।

दि राइजिङ नेपालको ५९ औं वार्षिकोत्सवको अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा सञ्चारमन्त्री गुरुङले सहकारी प्रकरणमा रवि लामिछानेमाथि अनुसन्धान भइरहदा राजनीतिक दलबाट वक्तव्य जारी गर्ने र सडकमा आन्दोलन गर्ने प्रवृतिले अनुसन्धानलाइ प्रभावित गर्ने देखिएको बताउनुभएको हो ।

न्यायलयमा गइसकेको बिषयमा त्यसले गर्ने निणर्यलाई सवैले मान्नुपर्ने उहाले बताउनुभयो । उहाले सरकारको ध्यान सुशासन तथा राजनीतिक स्थायीत्व प्रदान गर्नेमा केन्द्रीत रहेको उल्लेख गर्नुभयो । गुरुङले अहिले संविधान र व्यवस्थामाथि भइरहेको हमलाको यथोचित जवाफ सरकारले दिइरहेको धारणा राख्नुभयो ।

सरकारको कार्यशैलीलाइ सुधारेर अस्तव्यवस्त रहेको मलुकको अवस्थालाई व्यवस्थीत गर्दै अघि बढिरहेको उहाको भनाइ छ ।

गुरुङले मुलकमा दिगो स्थायीत्व कायम गर्न सके मात्रै दिगो बिकास सम्भव रहेको बताउनुभयो । उहाले सरकारी सञ्चारमाध्यमलाई बलियो र प्रतिष्पर्धी बनाउनुपर्नेमा जोड दिनुभयो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *