×

पहिलो संस्करणको नेपाल प्रिमियर लिगको प्लेअफ समिकरण पूरा

खालीपाना न्युजडेस्क | ४ महिना अगाडि

पुस,१ काठमाडौँ। पहिलो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)को प्लेअफ समिकरण पूरा भएको छ ।

सोमवार एनपिएलको लिग चरणको सवै खेल सकिएसंगै प्लेअफ समिकरण पूरा भएको हो ।

लिग चरणको शीर्ष स्थानमा रहेर सुदूरपश्चिम रोयल्स, दोस्रो स्थानमा रहेर जनकपुर बोल्ट्स, तेस्रो स्थानमा रहेर चितवन राइनोज तथा चौथो स्थानमा रहेर कणर्ाली याक्स प्लेअफमा छनोट भएका छन् । एनपिएलको पहिलो क्वालिफायरमा सुदूरपश्चिम र जनकपुर भिड्ने पक्का भएको छ भने चितवन र कणर्ालीबिच इलिमिनेटरमा प्रतिस्पर्धा हुनेछ ।

सोमबार भएको लिग चरणको अन्तिम खेलमा कणर्ाली याक्सलाई ६ विकेटले पराजित गर्दै सुुदूरपश्चिमले क्वालिफायरमा स्थान बनाएको हो । कणर्ाली याक्सले दिएको १ सय २ रनको लक्ष्य सुदूरपश्चिमले १५ दशमल २ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कणर्ाली याक्सले निर्धारित २० ओभरको अन्तिम बलमा अल आउट हुँदै १ सय १ रनको योगफल तयार गरेको थियो ।

एनपिएलको फाइनल खेल भने आगामी शनिवार हुने क्यानले जनाएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *