×

गृहमन्त्री: सहकारी प्रकरणमा रवि लामिछानेमाथि भइरहेको अनुसन्धानमा कुनै अमानवीय व्यवहार भएको छैन

खालीपाना न्युजडेस्क | १ महिना अगाडि

मङ्सिर३०,काठमाडौँ। गृहमन्त्री रमेश लेखकले सहकारी प्रकरणमा रवि लामिछानेमाथि भइरहेको अनुसन्धानका क्रममा कुनै अमानवीय व्यवहार नभएको बताउनुभएको छ ।

आइतबार चितवनको भरतपुरमा प्रेस युनियन चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले लामिछानेप्रति सरकारको कुनै प्रतिशोध नरहेको भन्दै लामिछानेमाथि भइरहेको अनुसन्धानका क्रममा कुनै अमानवीय व्यवहार नभएको बताउनुभएको हो ।

उहाले संसदीय छानविन समितिको प्रतिवेदनका आधारमा सहकारी प्रकरणमा राज्यका निकायले अनुसन्धान गरिरहेको बताउनुभयो । कानुन अनुसार भइरहेको अनुसन्धानमा प्रश्न उठाउनु अनुसन्धानलाई प्रभावित गर्ने कार्य भएको उहाको भनाइ छ ।

लेखकले मुलुकलाई दिगो शान्ति, सुशासन, बिकास र समृद्धि तर्फ अघि बढाउन ठूला दलहरु एकभएर सरकार बनाउनुपरेको बताउनुभयो । सरकारको स्थायीत्व कमजोर भएको र देश झन समस्यामा परेकाले देशलाई स्थीरतातर्फ लैजाने एमाले-कांग्रेसको ध्येय रहेको उहाको भनाइ छ ।

गृहमन्त्री लेखकले अहिलेको व्यवस्थालाई थप बलियो र सुदृढ बनाउनका लागि संविधान संशोधनको तयारी भइरहेको र यसका लागि सवै दलसंग छलफल गरिने स्पष्ट पार्नुभयो ।

उहाले बर्तमान सरकार परिवर्तन हुने कुनै सम्भावना नभएको भन्दै २०८४ सालसम्म दुईदलीय सहमतिअनुसार अघि बढ्ने उल्लेख गर्नुभयो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *