मङ्सिर,३० काठमाडौँ। काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) मा काठमाडौं गुर्खाजले विराटनगर किंग्सलाइ पराजित गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार भएको पहिलो खेलमा काठमाडौंले विराटनगरलाई १ विकेटले पराजित गरेको हो ।
जितसंगै काठमाडौंले प्लेअफ सम्भावना कायमै राखेको छ । १ सय १८ रनको लक्ष्य काठमाडौंले १८ दशमलव १ ओभरमा ९ विकेट गुमाएर पूरा गर्यो । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले १९ दशमलव ५ ओभरमा अल आउट हुँदै १ सय १७ रनमा समेटियो ।
त्यस्तै आइतबार नै भएको दोश्रो खेलमा पोखरा एभेन्जर्सलाई ५ रनले पराजित गर्दै सुदूरपश्चिम रोयल्सले प्लेअफमा स्थान पक्का गरेको छ । सुदूरपश्चिमले दिएको १ सय ५४ रनको लक्ष्य पछ्याएको पोखरा १९ दशमलव ४ ओभरमा १ सय ४८ रन बनाउँदै अल आउट भयो ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ५३ रन बनाएको थियो । समूह चरणको अन्तिम खेलमा सुदूरपश्चिमले सोमवार कणर्ालीको सामना गर्नेछ ।