मङ्सिर,३० काठमाडौँ। उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले कांग्रेसप्रति जनतामा रहेको आशालाई निराशामा बदल्ने अवस्था आउन दिन नहुने बताउनुभएको छ ।
आइतबार काठमाडौंमा कांग्रेसको सय दिने अभियानअन्तर्गत काठमाडौं वडा ३१ मा आयोजित कार्यक्रममा कांग्रेसका नेता समेत रहनुभएका सिंहले जनताको अधिकार प्राप्तिका लागि नेतृत्वदायी भूमिका निर्वाह गरेको कांग्रेस पार्टीप्रति अहिले पनि जनताको ठूलो आशा रहेको भन्दै निराशामा बदल्ने अवस्था आउन दिन नहुने बताउनुभएको हो ।
उहाले कांग्रेसकै नेता तथा कार्यकर्ताहरुले पार्टी हित बिपरित बोल्दा त्यसलाई जनतामा नकारात्मक नजिता देखिने भएकाले जिम्मेवारीपूर्वक काम गर्नुपर्ने धारणा राख्नुभयो ।
कांग्रेसका संगठनहरुमा देखिएका कमजोरीलाई सच्चाएर अघि बढ्नुपर्ने उहाले बताउनुभयो ।
उहाले संगठनकै माध्यमबाट जनप्रतिनिधिहरु बनेकाले संगठनलाई बेवास्ता गर्न नहुने उल्लेख गर्नुभयो ।