×

राजनीतिक अस्थिरता अन्त्य गर्न संयुक्त सरकार गठन: प्रधानमन्त्री ओली

खालीपाना न्युजडेस्क | ३ महिना अगाडि

मङ्सिर,३० काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक अस्थिरता अन्त्य गर्दै देशलाई विकृतिबाट सुकृतितर्फ लानका लागि वर्तमान संयुक्त सरकार बनेको बताउनुभएको छ ।

२१ औँ राष्ट्रिय ज्यापु दिवसको अवसरमा ज्यापु संस्कृति विकास कोषले आइतबार काठमाडौंको बसन्तपुरमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले मुलुकमा भएको राजनीतिक परिवर्तनलाई धरापमा पार्ने र परिवर्तनमा योगदान गरेका दललाई अनावश्यक भ्रम फैलाएर बद्नाम गर्ने कोशिश भएकाले ठुई ठुला दलको सहकार्यमा सरकार बनेको बताउनुभएको हो । बर्तमान सरकार केवल सरकार बनाउनका लागि नभई मुलुकका समृद्धि र स्थिरताको यात्रालाई अगाडि बढाउन गठन भएको उहाँको भनाइ थियो ।

भ्रष्टाचारमा उजुरी परेका माथि २० औँ वर्षसम्म नभइ सकेसम्म छिटो र बढीमा पाँच वर्षभित्र छिनोफानो हुनुपर्छ भन्दा भ्रष्टाचार गरेकालाई बचाउन खोज्यो भनेर गलत प्रचार गरिएको उहाले बताउनुभयो ।

उहाले मुलुकको एकता भत्काउनका लागि कतिपयले हल्ला गर्ने गरेको भन्दै साम्प्रदायिक विद्षका पछाडि नभइ सामाजिक सद्भावमार्फत राष्ट्रिय एकता ल्याउन चाहेको धारणा राख्नुभयो । नेपालका सबै संस्कृतिभन्दा नेवारी संस्कृति इतिहास, निरन्तरता र मौलिक संस्कृति भएको उहाले बताउनुभयो ।
त्यस्तै उपप्रधान एवं शहरी बिकास मन्त्री प्रकाशमान सिंहले ज्यापु दिवसलाई व्यवस्थीत गर्न कोषको परिकल्पना गरेको अवस्थामा त्यसमा सरकारका तर्फबाट आवश्यक सहयोग हुने बताउनुभयो । मुलुकको संस्कृति, मौलिक भेषभुषाको जगेर्नाका लागि सवै गम्भीर भएर लाग्नुपर्ने उहाको भनाइ छ ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले विभिन्न पुरस्कार तथा सम्मान वितरणका साथै वार्षिक जात्रासम्बन्धी डिजिटल सामग्री र पुस्तक विमोचन गर्नुभयो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *