×

अहिलेको उपलव्धीलाई रक्षा गर्न संविधान संशोधन गर्नुपर्छ: डा बाबुराम भट्टराई

खालीपाना न्युजडेस्क | १ वर्ष अगाडि

मंसिर २९, काठमाण्डौ ।
पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले अहिलेको उपलव्धीलाई थप बलियो बनाउने गरि संविधान संशोधन गर्नुपर्ने बताउनुभएको छ ।

शनिबार काठमाडौंमा आयोजित संविधान संशोधन अग्रगामी कि पश्चगामी ? बिषयक कार्यक्रममा भट्टराईले ठूलो आन्दोलन र मेहनतका साथ जनताको संविधान निर्माण गर्न सफल भएको भन्दै अहिलेको उपलव्धीलाई थप बलियो बनाउने गरि संविधान संशोधन गर्नुपर्ने बताउनुभएको हो ।

उहाले संविधान सहमतिको दस्तावेज भएकाले जनताको अधिकार स्थापीत गर्नका लागि सवैको सहमतिमा संशोधन गर्न सकिने बताउनुभयो । संशोधनका नाममा मुलुकलाई पश्चगमनतर्फ फर्काउने कोशीस स्वीकार्य नहुने उहाको भनाइ छ ।

भट्टराईले मुलुकको स्थायीत्वका लागि प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था हुनुपर्ने धारणा राख्नुभयो ।

उहाले संविधान संशोधन गर्दा बिभिन्न शक्तिहरुलाई खेल्ने ठाँउ दिन नहुने बताउनुभयो । लडेर बनाएको जनताको संविधान बचाउनका लागि सवै एक हुनुपर्ने उहाले बताउनुभयो ।

Facebook Comments Box
0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x