मंग्सिर २९ , काठमाण्डौ।
उपराष्ट्रपति रामसहाय प्रसाद यादवले सङ्घीयता कार्यान्वयनमा युवा वर्गले सशक्त भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभएको छ ।
शनिबार काठमाडौंको टुँडिखेलमा आयोजना गरिएको ३० औँ महानगर दिवसको मुल समारोहमा बोल्दै उपराष्ट्रपति यादवले स्थानीय निकायको सक्रियताबाट जनताले आफ्नै घरआँगनमा सहज सेवा प्राप्त गरेको उललेख गर्दै सङ्घीयता कार्यान्वयनमा युवा वर्गले सशक्त भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभएको हो । नागरिकलाई सरकारप्रति भरोसा गर्न जगाउन काठमाडौँ महानगरपालिकाले अहम् भूमिका खेलेको उहाले बताउनुभयो ।
गएको आर्थिक बर्षदेखि महानगरपालिकाले कार्यान्वयनमा ल्याएका महानगर गौरवका योजनाले दिगो रणनीतिक विकास र सहजतामा टेवा पुग्ने उहाको विश्वास छ । उहाले स्वणर्िम योजनाबाट आम नागरिकसँग प्रत्यक्ष जोडिएका स्वास्थ्य, शिक्षा, खेलकुद, सिप तथा क्षमता विकाससहित रोजगार प्रवर्धन, वातावरण सुधार र पूर्वाधार कार्यमा तत्काल लाभ प्राप्त हुन सक्ने धारणा राख्नुभयो ।
त्यस्तै काठमाडौं महानगरकी उपप्रमुख सुनिता डंगोलले काठमाडौँलाई वैवभशाली र पहुँचयुक्त सहर बनाउन क्षेत्रगत नीति, योजना र कार्यक्रममार्पmत काम भइरहेको जानकारी दिनुभयो । नागरिकमैत्री, मितव्ययी, प्रभावकारी, नतिजामूलक, सहभागितामूलक र पारदर्शी सेवाका लागि सूचना प्रविधिको अधिकतम र प्रभावकारी प्रयोग गरिएको उहाँको भनाइ छ ।
कार्यक्रममा सामाजिक उन्नयनका लागि विभिन्न क्षेत्रमा रहेर योगदान पुर्याउने १० जना व्यक्तित्वलाई सम्मान गरिएको थियो । समारोहमा सबै वडाबाट ल्याइएका सांस्कृतिक झाँकी, महानगर प्रहरी बलको कवाज, खेललगायत प्रदर्शन गरिएका थिए ।
यस्तै महानगरपालिकाले सहरी सेवा तथा सुविधा वितरण र सहरी व्यवस्थापनका लागि प्रयोग गर्ने साधन तथा उपकरणहरुको प्रदर्शन गरिएको थियो । २०५२ साल मंसिर २९ गते काठमाडौँ नगरलाई काठमाडौँ महानगर घोषणा दिनलाई महानगर दिवसका रुपमा मनाउने गरिएको छ ।