मंग्सिर २९ , काठमाण्डौ।
प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले मुलुकका नराम्रा कामको नेतृत्व माओवादीबाट भइरहेको आरोप लगाउनुभएको छ ।
शुक्रबार काठमाडौंमा लोकतान्त्रीक आदिवासी जनजाती महासंघले आयोजना गरेको राष्ट्रिय भेलामा प्रधानमन्त्री ओलीले कुप्रचार गर्ने, मुद्दा हाल्ने , जनतालाई दुख दिने काम माओवादीको नेतृत्वमा भइरहेको आरोप लगाउनुभएको हो । एमाले र त्यसका अध्यक्षविरुद्धको कूप्रचारमा सक्रिय प्रचण्ड र प्रचण्डको नेतृत्व सक्रिय रहेको उहाको भनाइ छ ।
उहाले आफुबिरुद्धको बिष काठमाडौं बसेर नै पचाई दिने बताउनुभयो । उहाले प्रचण्डले नै भ्रष्टाचारीको संरक्षण गरेको टिप्पणी गर्दै त्यसको आरोप भने आफुलाई लगाएको धारणा राख्नुभयो । भ्रष्टाचारीलाई काध हाल्ने काम प्रचण्डले गरेको उहाको भनाइ छ । ओलीले अहिले सामाजिक सञ्जालमा प्रविधिको प्रयोग गरेको आफ्नो आवाजको दुरुपयोग भएको र आफ्नै पार्टीका नेताहरु समेत भ्रममा परेको बताउनुभयो ।
उहाले देशको स्थीरताका लागि कांग्रेस-एमालेबीच सरकार बनेको जिकिर ओलीले समावेशीता र समतामूलक समाज निर्माण गर्दै राष्ट्रिय एकता कायम गर्नु आफूहरुको मूल मन्त्र भएको बताउनुभयो । प्रधानमन्त्री ओलीले पछाडि परेका समुदायलाई माथि पुर्याउन संविधानको मौलिक हकहरुको प्रभावकारी कार्यान्वयनमा ध्यान दिनुपर्नेमा समेत जोड दिनुभयो ।