×

नेकपा माओवादी केन्द्र :उपनिर्वाचन परिणामले दुईदलीय व्यवस्थालाई खण्डित गरेको निष्कर्ष

खालीपाना न्युजडेस्क | १ महिना अगाडि

नेकपा माओवादी केन्द्रले उपनिर्वाचनको परिणामले दुई दलीय व्यवस्थालाई खण्डित गरेको निष्कर्ष निकालेको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा शुक्रबार बसेको माओवादी स्थायी कमिटी बैठकले उपनिर्वाचनमा उत्साहपूणर् नजिता आएको र अहिलेको नजिताले दुई दलीय व्यवस्थालाई खण्डित गरेको निष्कर्ष निकालेको माओवादी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

त्यस्तै सत्तातिर नभई जनतातिर फर्कनुपर्छ भन्ने जनताको सन्देश प्राप्त भएको उहाले बताउनुभयो । चुनावी नतिजाले सुशासन, सेवा प्रवाह, भ्रष्टाचार नियन्त्रण गर्ने लगाएतका बिषयमा सरकारका प्रति जनताले निशारा प्रकट गरेको पार्टीको ठहर रहेको प्रवक्ता सापकोटाको भनाइ छ ।

त्यस्तै बैठकले केन्द्रीय समिति बैठक पुस २१ गते बस्ने गरि मिति तय गरेको छ । यसअघि पुस २ गतेदेखि सुरु हुने भनिएको बैठक खवरदारी सभा र पालीका सम्मेलन मंसिर मसान्तभित्र सम्पन्न हुन नसकेकाले केन्द्रीय समिति बैठक पुस २१ गतेदेखि बस्नेगरि तय भएको प्रवक्ता सापकोटाले बताउनुभयो ।

केन्द्रीय समितिको तयारीका लागि स्थायी कमिटी बैठक पुष १८, १९ र २० गते बस्ने उहाले जनाउनुभयो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *