×

शुक्रबारबाट पाँच दिने भक्तपुर महोत्सव सुरु

खालीपाना न्युजडेस्क | ३ महिना अगाडि

मंग्सिर २८ , भक्तपुर। 

सांस्कृतिक नगरको रुपमा परिचित भक्तपुरमा शुक्रबारबाट पाँच दिने भक्तपुर महोत्सव सुरु भएको छ ।

विदेशी पर्यटकहरूसँगै आन्तरिक पर्यटकहरूको पनि प्रवद्र्धन गर्ने भक्तपुर महोत्सव आयोजना गरिएको भक्तपुर नगरपालीकाले जनाएको छ । महोत्सवमा भक्तपुरका जीवनशैली, खानपान, शैक्षिक गतिविधि, सांस्कृतिक गतिविधि, परम्परागत सीप र खेलकुदलगायत विभिन्न गतिविधिहरू प्रदर्शन गरिएको छ भने नगरपालिकाले तोकेका विभिन्न ३२ वटा स्थलहरूमा महङ्खवपूणर् गतिविधि आयोजना गरिएको छ ।

महोत्सवलाई थप आकर्षक बनाउन मङ्सिर २९ गते खुला बाँसुरी बाजा प्रतियोगिताको पनि आयोजना गरिएको छ । महोत्सवको नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले उद्घाटन गर्नुभयो । सो क्रममा बिजुक्छेँले राज्य र जनताले स्थापना गरेका मौलिक उद्योगहरु एकपछि अर्को बेच्ने, नीजिकरण र दुरुपयोग गर्ने कार्यले नेपाली जनता पछुताउनुपरेको बताउनुभयो । अहिलेको अवस्थामा मौलिक बस्तु, सीप कलाको संरक्षणमा महोत्सव महत्वपूणर् हुने उहाको भनाइ छ ।

भक्तपुरमा लिच्छविकालीन र मल्लकालीन विभिन्न सम्पदाहरू अहिलेपनि जीवन्त देख्न पाइन्छ । भक्तपुर नगरका मूर्त र अमूर्त सम्पदाहरूको मूल्याङ्कन गरी सन् १९७९ मा युनेस्कोले विश्व सम्पदा सूचीमा सूचिकृत गरेको थियो ।

विश्वका विभिन्न देशबाट नेपाल आउने पर्यटकहरूमध्ये अहिले २५ प्रतिशतले भक्तपुर भ्रमण गर्ने गरेको नगरपालीकाले जनाएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *