×

जग्गा तथा आवास व्यवसायलाई धरासायी हुन दिदैनौ:अर्थमन्त्री पौडेल

खालीपाना न्युजडेस्क | १ वर्ष अगाडि

मङ्सिर,२८ काठमाडौँ। उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले जग्गा तथा आवाससम्बन्धी व्यवसायलाई धरासायी हुन नदिने बताउनुभएको छ ।

शुक्रबार काठमाडौंमा नेपाल जग्गा तथा आवास विकास महासंघको तेस्रो साधारणसभा उद्घाटन पौडेलले मुलुकको अर्थतन्त्रमा जग्गा तथा आवाससम्बन्धी व्यवसायको ठूलो योगदान रहेको भन्दै यस क्षेत्रलाई सरकारले धरासायी हुन नदिने बताउनुभएको हो ।

सरकारले यस क्षेत्रमा देखिएका समस्या सुनेर समाधानको प्रयास गर्ने उहाले बताउनुभयो । उहाले घरजग्गा कारोवारमा देखिएको शिथिलताको प्रभाव अरु क्षेत्रमा देखिएको भन्दै यसलाई गति दिनका लागि सरकारले आवश्यक वातावरण बनाउने उल्लेख गर्नुभयो ।

जग्गा तथा आवाससम्बन्धी व्यवसायलाई उद्योगसरह मान्यता दिनका लागि आफु सकारात्मक रहेको भन्दै उहाले यस बिषयमा छलफलमा आउन व्यवसायीहरुलाई आग्रह गर्नुभयो ।
उहाले अनुमति प्राप्त कम्पनिबाट मात्रै घर जग्गा कारोबार हुने ऐन कार्यान्वयनका लागि नियमावली बनाउन सरकारको ध्यान जाने जानकारी दिनुभयो ।

Facebook Comments Box
0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x