×

भारतीय सुपरस्टार अल्लु अर्जुन पक्राउ

खालीपाना न्युजडेस्क | २ वर्ष अगाडि

मंग्सिर २८, काठमाण्डौ। भारतीय चलचित्र पुष्पा २ का सुपर स्टार अल्लु अर्जुनलाई प्रहरीले पक्राउ गरेको छ । डिसेम्बर ४ मा हैदराबादको एक हलमा फिल्म ‘पुष्पा २’ को प्रदर्शनको क्रममा चलेको भागदौडको घटनासँग सम्बन्धित रहेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

इण्डियन एक्सप्रेस The Indian Express ले यसबारे सामाजिक संजाल एक्स मार्फत भिडियो सहित समाचार लेखेको छ । उक्त भागदौडमा ३९ वर्षीया एक महिलाको मृत्यु भएको थियो भने उनका छोरा गम्भीर घाइते थिए ।प्रहरीले सन्ध्या थिएटरको व्यवस्थापन, कलाकार र उनको सुरक्षा टोलीविरुद्ध मुद्दा दायर गरेको थियो । अधिकारीहरूले उक्त हलमा प्रिमियर समारोह हुँदैछ भनेर पूर्वसूचना समेत नदिइएको बताइएको छ ।
अल्लु अर्जुनलाई चिक्कड पल्ली प्रहरी थानाको टोलीले शुक्रबार हिरासतमा लिएको थियो, जहाँ उनि बिरुद्द मुद्दा समेत दर्ता भएको छ ।
एफआईआर दर्ता गर्दा हैदराबाद प्रहरीको केन्द्रीय क्षेत्रका प्रहरी आयुक्त अक्षांश यादवले द इन्डियन एक्सप्रेसलाई भनेका छन्, ‘बीएनएस धारा १०५ (हत्या नभएको अपराधी हत्याको सजाय) र ११८ अन्तर्गत मुद्दा दायर गरिएको छ । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको र दोषी पाइए कानुनअनुसार कारवाही गरिने जनाएको छ ।


सुपरस्टार अल्लु अर्जुनको पुष्पा २ चलचित्रले भारत लगायत विश्व भरिका बिभिन्न हलहरुमा राम्रै चर्का कमाएको छ।
गत बिहीबार विश्वव्यापी रिलिज भएको भारतीय चलचित्र ‘पुष्पा २’ले पहिलो साता बुधबारसम्म विश्वव्यापी रुपमा एक हजार करोड भन्दामाथिको व्यापार गरेको छ । यो चलचित्रको वितरक संस्थाले बिहिबार निकालेको विज्ञप्ति अनुसार चलचित्रले पहिलो साता बुधबारसम्म विश्वव्यापी रुपमा एक हजार करोड भन्दा माथिको व्यापार रहेको हो ।

यस्तै यो चलचित्रले रिलिज भएको सातौं दिन बुधबार भारतमा ४२ करोडको व्यापार गरेको छ । सातौं दिनमा यति धेरै व्यापार गर्ने चलचित्र पनि पुष्पा २ नै सावित भएको छ । चलचित्रले पहिलो सातामा भारतमा मात्र ७०० करोड भन्दा माथिको व्यापार गर्ने अनुमान थियो । तर पहिलो सात दिनमा भारतमा यो चलचित्रले ६८७.३१ करोडको व्यापार गरेको छ । तथापि भारतमा पहिलो साता यति ठुलो व्यापार यस अघि कुनै पनि भारतीय चलचित्रले गरेको थिएन । व्यावसायिक हिसाबले चलचित्र पुष्पा २ ले अहिलेसम्मका सम्पूर्ण भारतीय चलचित्रको रेकर्ड तोडेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.