×

नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि मतदान सम्पन्न

खालीपाना न्युजडेस्क | ४ महिना अगाडि

मङ्सिर,२८ काठमाडौँ। नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयन गर्न शुक्रबार मतदान भएको छ ।

नेतृत्व चयनका लागि देशभर मतदान भएको हो । महासंघको केन्द्रीय अध्यक्षका लागि देवीप्रसाद सापकोटा, निर्मला शर्मा, रमेश विष्ट र लालसिंह लामाको उम्मेदवारी परेको छ भने वरिष्ठ उपाध्यक्षमा दीपक आचार्य र रोसन पुरीले उम्मेदवारी दिनुभएको छ । यसैगरी, महिला उपाध्यक्षमा गङ्गा पौडेल र नितु पण्डित, समावेशी उपाध्यक्षमा उमिद बागचन्द, मोहनकुमार सिंह र सुभाषप्रसाद साह, महासचिवमा जन्मदेव जैशी, प्रकाश थापा, रामप्रसाद दाहाल र लेखनाथ न्यौपानेले उम्मेदवारी दिनुभएको छ ।

केन्द्रीय समिति, १० प्रदेश समिति र ७७ जिल्ला शाखा तथा ४१ प्रतिष्ठान शाखामा नयाँ नेतृत्व चयनका लागि सहज रुपमा निर्वाचन भएको पत्रकार महासंघले जनाएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *