×

धरौटीमा रिहा हुने बित्तिकै पुन पक्राउ परे दुर्गा प्रसाई,

खालीपाना न्युजडेस्क | १ वर्ष अगाडि

मंग्सिर २८, काठमाण्डौ। मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पुनः पक्राउ गरेको छ ।

बिहीबार काठमाडौं जिल्ला अदालतबाट विद्युतीय कारोबार ऐन-२०६३ अन्तर्गतको कसुरमा ४० हजार रुपैया धरौटी बुझाएर रिहा हुनासाथ प्रहरीले प्रसाईंलाई गेट बाटै  पुनः पक्राउ गरेको हो ।

आपराधिक लाभ सम्बन्धी कसुरमा अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले प्रसाईंलाई पक्राउ गरेको हो । आफुलाई पुन पक्राउ गरेपछि प्रसाईंले सञ्चारमाध्यमसंग केहि बोल्न खोजेका थिए । तर प्रहरीले भने सञ्चारमाध्यमलाई प्रसाईं नजिक जान रोक लगाएको थियो ।

प्रसाईंमाथि आपराधिक विश्वासघात र संगठित अपराधको कसुरमा सीआईबीले अनुसन्धान गरिरहेको छ । विभिन्न आपराधिक समूहका नाममा व्यक्तिहरु परिचालन गरी धाकधम्की दिएर पैसा असुल गरेको प्रमाण फेला परेको प्रहरीले जनाएको छ ।उनले झापाको केहि युवाहरुलाई रकम दिई भारतीय अपराधिक गिरोहका नाइके लरेन्स बिश्न्वईको नाम लिई  बिभिन्न व्यापारीहरु सँग रकम मागेको आरोप प्रहरीले  लगाएको छ।

प्रधानमन्त्री केपी ओलीको कम्बोडियाको टेलिकममा २१ करोड डलर लगानी रहेको प्रमाण भन्दै नक्कली कागज सार्वजनिक गरेपछि प्रसाईंलाई  यहि मंसिर ४ मा भक्तपुरस्थित निवासबाट प्रहरीले  पक्राउ परेका थियो  । पछिल्लो समय उनले देश भरि पुगेर “राष्ट्र, राष्ट्रियता र नागरिक बचाऊ अभियान’ भन्दै  देशमा व्यबस्था परिबर्तन गर्ने र लघुवित्त पिडितहरुको ऋण मिनाहा गरिदिने सम्मको आश्वासन सहित जनताको सेन्टिमेन्ट बटुली रहेका थिए।

उनलाई यस अघि पनि साइबर अपराध सम्बन्धि कसुरमा प्रहरीले पक्राउ गरि १ लाख धरौटीमा रिहा भएका थिए। तर यस पटक भने उनीमाथि लागेको आरोप पुष्टी भए उनि जेलमा लामै समय बिताउनु पर्ने देखिन्छ।  यता दुर्गा प्रसाई पक्राउ पछि उनका समर्थकले भने सरकार माथि दवाब दिन  बिभिन्न आन्दोलनका कार्यक्रम गरिरहेका छन्।

Facebook Comments Box
0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x