×

आर्थिक क्रियाकलापमा अनुकुलता चाहनेहरुबिरुद्ध १८ महिना संघर्ष गर्नुपर्यो:अध्यक्ष प्रचण्ड

खालीपाना न्युजडेस्क | ४ महिना अगाडि

मङ्सिर२७,काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफु अनुकुलको आर्थिक क्रियाकलाप गर्न चाहनेबिरुद्ध १८ महिना संघर्ष गर्नुपरेको बताउनुभएको छ ।

बिहीबार चितवनको भरतपुरमा नेपाल उद्योग व्यापार महासंघको तेस्रो साधारणसभा उद्घाटन कार्यक्रममा प्रचण्डले केहि समूहले आर्थिक क्रियाकलाप सम्बन्धमा प्रधानमन्त्रीलाई डिक्टेट गर्न चाहेको भन्दै आफु त्यो स्वीकार गर्ने पक्षमा नरहेको बताउनुभयो । आफु १८ महिना प्रधानमन्त्री हुँदा सो समूहसंग लड्दै, संघर्ष गर्दै टिकेकाले गर्व र खुसीको महशुस भएको उहाले बताउनुभयो । त्यस्तै प्रचण्डले नेपालमा भएका कृषिमा आधारित उद्योगहरु स्थापना हुनुपर्नेमा भएका पनि बेचेर खाने प्रक्रिया सुरु भएपछि देश पराधिन हुनपुगेको धारणा राख्नुभयो । अहिलेको अवस्थामा आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको उद्देश्यमा केन्द्रित रहेर उद्योगी तथा व्यवसायी अगाडि बढ्नुपर्ने उहाको भनाइ छ ।

प्रचण्डले उद्योग व्यापार बलियो भए देशको आर्थिक अवस्था बलियो हुनुका साथै स्वदेशमा नै रोजगार सिर्जना हुने भएकाले यसमा ध्यान केन्द्रीत गर्न महासंघलाइ सुझाव दिनुभयो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *