×

युवालाई रोजगारका लागि योग्य बनाउन आवश्यकता तालिम दिनुपर्छ: श्रम तथा रोजगार मन्त्री शरतसिंह भण्डारी

खालीपाना न्युजडेस्क | ४ महिना अगाडि

मंसिर २६, काठमाण्डौ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले मन्त्रालयमातहत रहने गरि आन्तरिक रोजगार महाशाखा स्थापना गरिने बताउनुभएको छ ।

राष्ट्रिय व्यवसायीक प्रशिक्षण प्रतिष्ठानले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री भण्डारीले स्वदेशभित्र नै रोजगारीको सम्भावनाहरुलाई अध्ययन गरि रोजगारी सिजर्ना गर्ने उदेश्यले आन्तरिक रोजगार महाशाखा स्थापना गर्न लागिएको बताउनुभएको हो ।

यसका लागि आवश्यक प्रक्रिया अघि बढिसकेको उहाले बताउनुभयो । मन्त्री भण्डारीले वैदेशिक रोजगारको क्षेत्रलाई हेर्ने निकायहरु रहेपनि आन्तरिक रोजगारको क्षेत्रलाई हेर्ने छुट्टै निकाय नभएकाले आन्तरिक रोजगार महाशाखाको अवधारणामा अघि बढेको जानकारी दिनुभयो ।
उहाले युवाहरुलाई रोजगारका लागि योग्य बनाउन आवश्यकता तालिम दिनुपर्ने र स्वदेशमा नै परिचालन गर्नुपर्नेमा जोड दिनुभयो । लागतभन्दा बढि रकम तिरेर वैदेशिक रोजगारमा जानुपर्ने अवस्थालाइ अन्त्य गर्नका लागि सरकारको ध्यान केन्द्रीत रहेको उहाको भनाइ छ ।

उहाले बैदेशीक रोजगारमा गएका युवाहरुको सीपलाई स्वदेशमा फर्किपछि नेपालमा नै प्रयोग गर्ने अवस्थाको सिर्जना गर्नुपर्ने बताउनुभयो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *