×

रवि लामिछाने पक्राउ विरोधमा गर्दै पर्सामा रास्वपाको प्रदर्शन

खालीपाना न्युजडेस्क | ४ महिना अगाडि

मंग्सिर, २५ काठमाण्डौ। रवि लामिछानेलाई पक्राउ गरेको विरोधमा रास्वपाका कार्यकर्ताले पर्सामा प्रदर्शन गरेका छन् । सरकारी वकिल कार्यालय पर्सामा लामिछानेको बयान भइरहदा उनका समर्थकहरुले मंगलबार पर्साको बीरजंगमा प्रदर्शन गरेका हुन् ।

उनीहरुले राजनीतिक प्रतिशोध विरुद्धको सशक्त आन्दोलन भन्दै प्रदर्शनसहित विरोध र्याली समेत निकालेका छन् । प्रदर्शनमा सहभागीहरुले रवि लामिछानेलाई न्याय दे, जनता झुक्काउन पाइदैन, राजनीति प्रतिशोध बन्द गर लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

पर्साको सानोपाइला सहकारीको रकम अपचलनका विषयमा बयान लिन लामिछानेलाई सोमबार नै पर्सा पुराइएको थियो ।

सानोपाइला सहकारीको रकम अपचलन आरोपमा लामिछानेसहित १४ जनाविरुद्ध मंसिर १९ गते पर्सा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो ।

((

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *