×

रवि लामिछानेविरुद्ध सरकारले अमानवीय व्यवहार गर्यो : सांसद सुनिल शर्मा

खालीपाना न्युजडेस्क | १ महिना अगाडि

मंग्सिर, २५ काठमाण्डौ।
नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्माले रास्वपाका सभापति रवि लामिछानेविरुद्ध सरकारले अमानवीय व्यवहार गरेको बताउनुभएको छ ।

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सांसद शर्माले लामिछानेबिरुद्ध सरकारले गरेको अमानवीय व्यवहार लोकतन्त्र बिपरित भएको भन्दै भत्र्सना समेत गर्नुभयो ।

उहाले ८-१० दिनमा अदालतमा बुझाउनुपर्ने मुद्दामा मानसिक तनाव दिनकै लागि लामिछानेलाई बिभिन्न ठाँउमा घुमाएको जिकिर गर्नुभयो । उहाले तीन दिनभित्र रवि लामिछानेको केस अदालतमा पेस गर्न प्रधानमन्त्री, गृहमन्त्रीसंग आग्रह गर्नुभयो ।

सांसद शर्माले कांग्रेस सरकारमा नरहेका बेला सदनमा बोलाएर जिवी राईलाई किन पक्राउ नगरेको भनेर नारा लगाउन लगाउने व्यक्ति आफै गृहमन्त्री हुँदा पनि जिवी राईलाई पक्राउ गर्न नसकेको जिकिर गर्नुभयो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *