×

अर्थमन्त्री विष्णुप्रसाद पौडेल र विदेशमन्त्री डोनाल्ड लुबीच भेटवार्ता

खालीपाना न्युजडेस्क | २ महिना अगाडि

मंसिर २४ , काठमाडौँ। उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबीच भेटवार्ता भएको छ ।

सोमबार अर्थ मन्त्रालयमा भएको भेटमा आर्थिक सहयोग, एमसिसी र युएसएआइडी अन्तर्गतका परियोजनाको प्रभावकारी कार्यान्वयन, विकास वित्त, निजी क्षेत्रमा लगानी लगायतका विषयमा छलफल भएको छ । सो क्रममा अर्थमन्त्री पौडेलले नेपालमा राजनीतिक स्थायित्व भएकाले अबको मुख्य प्राथमिकता आर्थिक समृद्धि भएको र त्यसका लागि नेपालमा अमेरिकी सहयोगलाई थप विस्तार गर्न अनुरोध गर्नु भएको थियो ।

अमेरिकी सहायक विदेशमन्त्री लुले दक्षिण एसियाका केही देश आर्थिक रुपमा समस्या परेपनि नेपाल आर्थिक वृद्धि र स्थायित्व कायम गर्न सफल भएको भन्दै खुशी व्यक्त गर्नु भएको थियो । त्यस्तै अमेरिकी सहयोगमा नेपालमा निर्माण भइरहेका आयोजनामा बारेमा पनि लुले चासो व्यक्त गनुभएको अर्थ मन्त्रालयका उपसचिव धनिराम शर्माले जानकारी दिनुभयो ।

त्यस्तै लुले अमेरिका आगामी दिनमा नेपालमा थप आर्थिक सहयोग गर्ने पक्षमा रहेको जानकारी गराउनुभएको अर्थमन्त्रालयले जनाएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *