×

सभ्य समाज निर्माण गर्न भ्रष्टाचारलाई निर्मुल पार्नुपर्ने प्रकाशमान सिंह भनाई,

खालीपाना न्युजडेस्क | २ वर्ष अगाडि

मङ्सिर २४ ,काठमाण्डौ। उपप्रधान एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले सुशासनका साथै सभ्य समाज निर्माण गर्न भ्रष्टाचारलाई निर्मुल पार्नुपर्ने बताउनुभएको छ ।
भ्रष्टाचार विरुद्धको अन्तराष्ट्रिय दिवसका अवसरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सोमबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा सिंहले सुशासन र सभ्य समाज निर्माण गर्न भ्रष्टाचार नियन्त्रण अनिवार्य सर्त बताउनुभएको हो ।

उहाले प्रविधि विकाससंगै भ्रष्टाचारको स्वरुप पनि जटिल बन्दै गएको अवस्थामा यसका बिरुद्ध राज्य थप सक्रिय हुन जरुरी रहेको धारणा राख्नुभयो । भ्रष्टाचार एउटा संगठित अपराध भएकाले प्रजातान्त्रीक संस्थाहरुलाई पनि कमजोर पार्ने उहाको भनाइ छ ।

उहाले भ्रष्टाचारले निर्वाचन प्रणालीलाई प्रभावित गरी राजनीतिक अस्थिरता बढाउने भएकाले थप सक्रियता जरुरी रहेको बताउनुभयो ।

त्यस्तै अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईले आयोगमा दर्ता भएका उजुरी संख्या बढ्दै जानुले यसको नियन्त्रण गर्ने संस्थाहरु कमजोर हुदै गएको हो की भन्ने आभाष भएको बताउनुभयो । उहाले भ्रष्टाचार नियन्त्रण र सदाचार कायम गर्ने कार्यका लागि राज्यका तीनवटै अंगहरु र तीनै तहहरुले आफ्ना कानूनले तोकेका जिम्मेवारीहरु प्रभावकारी रुपमा निर्वाह गर्न जरुरी रहेको धारणा राख्नुभयो ।

भोलिका सदाचार निर्माणःयुवाहरुसंग भ्रष्टाचार बिरुद्ध ऐक्यवद्धता भन्ने नाराका साथ नेपालमा भ्रष्टाचार विरुद्धको अन्तराष्ट्रिय दिवस मनाइएको हो । संयुक्त राष्ट्रसंघले सन् २००३ मा भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय महासन्धि पारित गरेपछि विश्वभर डिसेम्बर ९ तारिखमा भ्रष्टाचार विरुद्धको दिवस मनाउन थालिएको हो । नेपालले सन् २०११ मा महासन्धीलाई अनुमोदन गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.