मङ्सिर २३, २०८१
काठमाडौँ।। ७६ औ विश्व मानव अधिकार दिवसको सन्दर्भमा १६ औं मानव अधिकार राष्ट्रिय महाभेला आइतबारदेखि ललितपुरमा सुरु भएको छ ।
राष्ट्रिय मानव अधिकार आयोग, नागरिक समाज र विभिन्न गैरसरकारी संघ/संस्थाहरुको सहकार्यमा महाभेला सुरु भएको हो । ‘सामाजिक, मार्थिक तथा बातावरणिय न्यायको आधारः सिमान्तकृत समुदायको मानवअधिकार’ भन्ने नाराका साथ सुरु भएको महाभेला सात दिनसम्म चल्ने बताइएको छ ।
महाभेलाको उद्घाटन गर्दै राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले पिछडिएका समूदायहरुले बिभिन्न समस्या भोगिरहेको र अधिकार समेत संरक्षण हुन नसकेकाले नीति निर्माणमा सक्रिय बनाउनुपर्नेमा जोड दिनुभयो । मानवअधिकारको संरक्षण र सम्वद्र्धन कुनै बैकल्पीक कार्य नभइ सवैको नैतिक दायित्व भएको उहाको भनाइ छ ।
त्यस्तै राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले संक्रमणकालीन न्यायलाई अघि बढाउनका लागि सर्च कमिटीमा आयोगका तर्फबाट प्रतिनिधि पठाएको बताउनुभयो । उहाले सर्च कमिटीमा आएका नामहरुबाटै संक्रमणकालीन न्यायसम्बन्धी आयोगको नेतृत्व पठाउने विश्वास व्यक्त गर्नुभयो ।
मानवअधिकारको विश्विव्यापी अवधारणा तथा त्यसको फाइदा सिमान्तकृत समुदायले नपाईरहेको भन्दै महाभेलामा विभिन्न सवालहरुमा ७ दिनसम्म बहस, छलफल, सचेतनामूलक प्रदर्शन लगाएतका कार्यक्रम गरिने आयोजकले जनाएको छ ।