×

मानवता भन्दा ठुलो अरु कुनै सिद्धान्त छैन: प्रधानमन्त्री केपी शर्मा ओली

खालीपाना न्युजडेस्क | ५ महिना अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीले मानवता भन्दा ठुलो अरुकुनै सिद्धान्त नभएको बताउनु भएको छ ।
आइतबार झापाको मेचीनगर नगरपालिका वडा न.ं-४, बाहुण्डांगी स्थीत् मानवसेवा आश्रमको उद्घाटन तथा मानविय स्मारक शिलान्यास कार्यक्रममा प्रधानमन्त्री ओलीले मानवलाई सुख प्रदान गर्ने काम सवै भन्दा ठूलो भएको भन्दै मानवता भन्दा ठुलो अरुकुनै सिद्धान्त नभएको बताउनु भएको बताउनुभएको हो । प्रधानमंन्त्री ओलीले राम्रो सिद्धान्त र व्यवहारको अन्तिम निष्र्कस भनेको मानवलाई सुख प्रदान गर्नु भएकाले मानव सेवाको भावनालाई सबै पक्षले साथ सहयोग गर्न आग्रह गर्नुभयो । उहाले मानव सेवा आश्रमको नवनिर्मित भवन निर्माणकालागी आफ्नो एक महिनाको तलव दान गर्ने घोषणा गर्नुभयो ।

मानव सेवा आश्रमको भवन निर्माणका लागी मेचीनगर-४ का स्थानिय रामबहादुर प्रधानले २ बिगाह ५ कट्ठा जमिन निशुल्क प्रदान गर्नुभएको छ । कार्यक्रममा जग्गादाता रामबहादुर प्रधानका परिवारलाई प्र.म. ओलीले सम्मान-पत्र प्रदान गर्नुभयो । मानवसेवा आश्रमको १९ औं शाखा अन्तर्गत मेचीनगरको बाहुण्डांगीमा हाल ५० जना सडकआश्रित मानवहरु आश्रयमा रहेका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *