×

जनकपुर बोल्ट्स र चितवन राइनोज बिजयी भएका छन्

खालीपाना न्युजडेस्क | ५ महिना अगाडि

काठमाडौँ।
पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबार भएको खेलमा जनकपुर बोल्ट्स र चितवन राइनोज बिजयी भएका छन् ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा जनकपुर बोल्ट्सले लुम्बिनी लायन्स र चितवन राइनोजले सुदूरपश्चिम रोयल्सलाई पराजित गरेको हो । एनपिएलमा जनकपुरको यो लगातार चौथो जीत हो भने सुदूरपश्चिम पहिलो हार बेहोर्न बाध्य भयो ।

आइतबार भएको पहिलो खेलमा जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सलाई एक रनले पराजित गरेको हो । जनकपुरले जीतका लागि दिएको एक सय ३७ रनको लक्ष्य पछ्याएको लुम्बिनी लायन्सले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ३५ रनमा समेटियो । त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको जनकपुरले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय ३६ रनको मध्यम योगफल तयार गरेको थियो । लिगमा लुम्बिनीको यो लगातार चौथो हार हो ।

त्यस्तै आइतबार नै भएको दोश्रो खेलमा चितवनले सुदूरपश्चिमलाई ३३ रनले पराजित गर्यो । चितवन राइनोजले दिएको १ सय ६५ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम रोयल्स १८ दशमल २ ओभरमा १ सय ३१ रनमा अल आउट भयो । त्यसअघि टस जितेर ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ६४ रनको योगफल तयार गर्यो । प्रतियोगीता अन्तर्गत सोमबार कुनै खेल हुनेछैनन् भने मंगलबार चितवन राइनोज र लुम्विनी लायन्स तथा कणर्ाली याक्स र पोखरा एभेन्जर्स्बीच प्रतिष्पर्धा हुनेछ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *