×

नेपाल घुम्न आएका कोरियन टोलीले तारकेश्वरमा रहेको ज्ञानोदय आधारभूत बिद्यालयलाई गरे सहयोग (फोटो फिचर )

खालीपाना न्युजडेस्क | १ वर्ष अगाडि

मंसिर १८, काठमाण्डौ। नेपाल घुम्न आएका एक कोरियन टोलीले तारकेश्वरमा रहेको ज्ञानोदय आधारभूत बिद्यालयलाइ लत्ता कपडा, खेलकुद सामाग्री र स्टेसनरीका सामानहरु सहयोग गरेका छन्।
उनिहरुले नेपालमा आएको विनासकारी भुकम्पबाट क्षति भएका बिद्यालयहरु मध्य एक विद्यालयलाई सहयोग गर्दै आएको बताएका छन्। उनीहरुको टोलीले बिद्यालयको भौतिक संरचना, बिद्यालय भवन, खेलकुद मैदान लगायतका पूर्वाधार निर्माणमा कोरिया देखि नै सहयोग गर्दै आएका थिए।

गत नोभेम्बर २५ गते नेपाल आइपुगेका उनीहरुलाई ट्राभल संचालक बिनोद चापागाईंले एयरपोर्टमा फूलमाला लगाएर स्वागत गरेका थिए, सो लगत्तै उनीहरु बुढानिलकण्ठ स्थित ‘द पार्क भिलेज रिसोर्ट’ पुगेका थिए। भोलि पल्ट तारकेश्वर २ मा रहेको ज्ञानोदय आधारभूत बिद्यालयमा रिवन काटेर उनीहरुलाई बिद्यालय प्रवेशगराइएको थियो भने बिधार्थीहरुले उनीहरुलाई फूलमाला सहित स्वागत गरेको थियो। उक्त कोरियन टोलीले बिद्यार्थीहरुलाई लत्ताकपडा, चकलेट, खेलकुदका सामग्री लगायतका सामान वितरण पछि बिद्यार्थीहरुलाई बिभिन्न खेल मार्फत मनोरन्जन समेत गराइएको थियो। तारकेश्वर वडा नम्बर २ का अध्यक्ष राधा कृष्ण खड्कीले कोरियन टोलीले गरेको सहयोग प्रति खुशी व्यक्त गर्दै आगामी दिनमा समेत सहयोगको अपेक्षा रहेको बताउनु भयो।

भिडियो हेर्नुहोस्। 

यहाँ क्लिक गरेर भिडीयो हेर्नुहोस्

उक्त टोलीले नेपाल घुम्न आएको मौकामा आफुले सहयोग गरेको बिद्यालय भवन निरिक्षण र बिद्यार्थीहरुलाई समेत भेटघाट गरि खुसियाली मनाउन नेपाल आएको उनीहरुको भनाइ छ। यो सँगै उनीहरु नेपालका हिमाल चड्ने समेत तयारि रहेको छ।

फोटो फिचर 

Facebook Comments Box
0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x