×

देशै भर उपनिर्वाचन जारी, के छ, काठमाण्डौको अवस्था ?

खालीपाना न्युजडेस्क | १ वर्ष अगाडि

मंसिर १६, काठमाण्डौ ।

उपनिर्वाचनमा आज स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि मतदान आइतबार मतदान भै रहेको  छ ।

नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ रिक्त पदका लागि मतदान भएको हो । उपनिर्वाचनमा विभिन्न २० राजनीतिक दल र स्वतन्त्र गरी तीन सय ७६ उम्मेदवार प्रतिस्पर्धामा छन् । यसैबीच काठमाडौंको कीर्तिपुर नगरपालिकाका २० स्थानमा नगरप्रमुख र दुई वडाध्यक्षका लागि उत्साहपूर्वक मतदान जारी छ । कीर्तिपुरमा नगरप्रमुख र वडा नं १ र ४ का वडाध्यक्षका लागि जारी मतदानमा नगरप्रमुखमा दलीय र स्वतन्त्र गरी २० उम्मेदवार तथा वडा नं १ मा नौ र वडा नं ४ मा १२ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । नगरप्रमुख राजकुमार नकर्मी, वडा १ का अध्यक्ष हीरालाल महर्जन र वडा नंं ४ का अध्यक्ष श्यामराज अधिकारीको निधनपछि ती पद रिक्त भएका हुन् ।

यसै गरि काठमाण्डौ १६  वडामा पनि उत्साहका साथ् मतदान भै रहेको छ।  खास गरि पुरानो राजनैतिक दलको दबदबा रहेको स्थानमा रास्ट्रिय स्वतन्त्र पार्टीबाट स्थानीय तहको निर्वाचनमा पहिलो पटक सहभागी हो।  यसपाली राष्ट्रिय स्वतन्त्र पार्टीलाई काठमाण्डौ  १६ नम्बर वडामा जित्ने पर्ने दवाब छ।  केन्द्रिय कार्यालय भएको वडा, त्यसैमाथि संघीय संसदको चुनावमा समेत सोहि क्षेत्रमा घण्टी उम्मेदवार माननीय गणेश पराजुली  ८ हजार सात सय त्रीचालिस  मत प्राप्त गरि जितेका थिए।  त्यस कारण पनि काठमाण्डौ  १६ मा पुराना पार्टी काँग्रेस, एमाले र रास्वपाको कडा प्रतिष्पर्धा हुने देखिन्छ।

Facebook Comments Box
0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x