×

तारकेश्वरमा बस दुर्घटनामा परि ३ जनाको मृत्यु,( भिडियो )

खालीपाना न्युजडेस्क | १ वर्ष अगाडि

मंसिर, १५ काठमाडौं, काठमाडौको तारकेश्वर नगरपालिका वडा नम्बर ८ लामाबगरमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। शनिबार बिहान करिब साँढे ७ बजे तिर काभ्रेस्थली-रत्नपार्क रुटको बस जरंखु बाट रत्नपार्क जाँदै गर्दा लामाबगर भन्ने स्थानमा रोकिराखेको आइचारमा ठोकिएर दुर्घटना भएको हो।  बसमा क्षमता भन्दा बढी यात्रु बोकेको र तिब्र गतिका कारण दुर्घटना भएको स्थानीयले बताएका छन्। बसमा भिड भएका कारण ढोकामा झुण्डिएका यात्रुलाई चालककै लापरवाहीका कारण रोकी राखेको आइचारमा धसिन पुगेको र ढोकामा झुण्डिएका यात्रु तथा खलासीको मृत्यु भएको प्रत्यक्ष दर्शीले बताएका छन्।  दुर्घटनामा परि ज्यान गुमाउनेमा २ जना नुवाकोट घर भएका छन् भने अन्य १ जनाको पहिचान खुल्न बाकि छ।

दिउसो अबेर सम्म स्थानीयले  चालक र समितिका मान्छे उपस्थिति नगराए सम्म बस लैजान नदिने अडान राखेका थिए, सोही क्रममा स्थानीय युवाहरुले प्रहरी माथि ढुङ्गा समेत प्रहार गरेका थिए। तारकेश्वर नगरपालिकाका मेयर  कृष्ण हरि महर्जनले   पिडितका आफन्त,स्थानीय जनप्रतिनिधि र प्रहरीको रोहबरमा छलफल गरि पीडितका आफन्तलाई उचित क्षति पूर्तिको व्यवस्था गर्ने आस्श्वासन पछि माहोल केहि शान्त बनेको थियो।

बस दुर्घटनापछि स्थानियहरुले बाटो अबरोध गर्नुका साथै, बस माथि  तोडफोड  समेत गरेका थिए, स्थानियको आक्रोश बढेपछि ठुलो मात्रामा प्रहरी समेत परिचालन गरिएको थियो। दुर्घटनामा घाइते मध्य २ जनाको घटना स्थलमै मृत्यु भएको र एक जनाको उपचारको क्रममा मृत्यु भएको स्थानीयले बताएका छन्।  बसमा क्षमता भन्दा बढी यात्रु बोक्ने, तिब्र गतिले चलाउने गरेकाले दुर्घटना बढेको भन्दै स्थानीयले ठाउँ ठाउँमा सडक अबरुद्द गरि आज दिन भर नेपालटार  जरंखु क्षेत्र ठप्प पारेका थिए।

पुरा भिडियो हेर्नुहोस्।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.